arrow

सिद्धाबाबा सडकखण्डमा पहिरो : ट्रक र कार पुरिदा ३ जनाको मृत्यु

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ असोज ७ शनिबार
sidda.jpg

पाल्पा।    सिद्धार्थराजमार्ग अन्तर्गत पर्ने बुटवल— तानसेन सडक खण्डमा पर्ने सिद्धाबाबा नजिकै शनिवार विहान माथिबाट खसेको ढुङ्गा सहितको पहिरोले  ट्रक र कार पुरिदाँ तीन जनाको ज्यान गएको छ । पहाडबाट खसेको पहिरोले तानसेनबाट बुटवल तर्फ जादैँ गरेको ना. ३ ख ६१९२ नम्वरको ट्रक र गुल्मीबाट बुटवल जादैँ गरेको लु . १ च ७९९४ नम्वरको मारुती अल्टोकारलाई पुरेको थियो । सिद्धाबाबा मन्दिरबाट ५०० किलो मिटर उत्तर दोभानमा माथिबाट खसेको पहिरोले पुरिदाँ गाडीमा सवार तीन जनाको ज्यान गएको छ । पहिरोले च्यापीएर  कारमा सवार दुई जनाको र ट्रकका चालकको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा ट्रक चालक तिनाँउ गाउपालिका ४ पाल्पाका माधव राना , कारमा सवार गुल्मी रुरु गाउपालिका काउलेका तीलकराम भण्डारी र बलेटक्सार ४ गुल्मीकै यमलाल ज्ञवाली रहेको इलाका प्रहरी कार्यलय बुटवलले जनाएको छ । ट्रक चालक राना र भण्डारीको घटनास्थलमै  र ज्ञवालीको लुम्विनी अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

 कारमा ३ जना र ट्रकमा १ जना सवार रहेका थिए । कारमा सवार भण्डारीको श्रीमती राधिका भण्डारी सामान्य घाइते भएकी छन् । पहिरोका कारण राती देखिनै अवरुद्ध  सडक विहान केही समय खुले पनि सडक खुले लगत्तै पहिरो खसेको हो । दुर्घटनाका कारण सडक अवरुद्ध हुदाँ पाल्पा  ,बुटवल , गुल्मी , अर्घाखाची , स्याङजा हुदै पोखरा जाने सवारी रोकीएका थिए । प्रहरीले डोजर लगाएर दुवै तर्फको  सकड  खुलाएको थियो । दिनहुँ जसो यस सडक खण्डमा पहिरो जादाँ धेरैले ज्यान गुमाउनु परेको छ भने , यस सडक खण्ड हुदै सञ्चालन हुने सवारी साधन र यात्रुले ठूलै सास्ती खेप्नु परेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ