arrow

यस्तो हुन्छ रे प्रचण्डको दशैं

logo
प्रकाशित २०७४ असोज ७ शनिबार
pmprachandadahal.jpeg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको दशैँ पोहोर, परारकै वर्ष झँै वित्ने बताइएको छ ।

दाहालका सहयोगीले भनेका छन्,  ‘यो वर्षको दशैं पनि अध्यक्ष विगतझैं हुन्छ । खास नयाँ कार्यक्रम छैन ।’  फुलपातिसम्म दाहालको विभिन्न जिल्लामा औपचारिक कार्यक्रम रहेका छन् ।

आइतबार र सोमबार कालीकोट, हुम्ला, जुम्ला लगायतका जिल्लामा कार्यकर्ता प्रशिक्षण, जनसभा, शुभेच्छुक र जनतासँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । १० गते चितवनको कार्यक्रममा सहभागी भएर अध्यक्ष राजधानी फर्कने कार्यक्रम छ ।

पार्टीको तर्फबाट दशैंमा खास कार्यक्रम हुँदैन, उनका सहयोगीले भने, ‘तर, जनता र पार्टीलाई जोड्न पार्टी सम्वद्ध जनवर्गीय संगठनहरुले आयोजना गर्ने कार्यक्रममा सम्भव भएसम्म सहभागी हुनुहुनेछ ।’

जनयुद्ध कालपूर्व दाहालले बुबा आमाबाट टीका ग्रहण गरेर आशिर्वाद लिने गर्ने गरेका थिए । त्यसयता औपचारिक रुपमा दशैं मनाएका छैनन् ।

दशैंको अवधिमा उनी कार्यकर्ता भेटघाटमा नै व्यस्त हुन्छन् । यो पल्ट पनि  शुभेच्छुकहरुसँग शुभकामना आदान प्रदान गर्ने कार्यक्रम छ ।

दशैंको दिन उनी निजी निवास लाजिम्पाट रहने बताइएको छ । दशैंको दिन घरमै खसी काट्ने र परिवारसँग भेटघाटमै व्यस्त हुने कार्यक्रम छ ।

उनका सहयोगी भन्छन्, ‘दाहाल ऐतिहासिक भौतिकवादमा विश्वास गर्नुहुन्छ ।’ दशैं, तिहार, जन्म, मृत्यु लगायतका विषयमा दाहालको भौतिकवादी दृष्टिकोण र व्यवहार रहँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ