arrow

रौतहट बृन्दावनमा काँग्रेसले जितेपछि एमाले कार्यकर्ताले आक्रमण गरे

logo
प्रकाशित २०७४ असोज ७ शनिबार
rautahat.png

रौतहट । बृन्दावन नगरपालिकामा मेयर र उपमेयरमा नेपाली काँग्रेस जितेपछि निस्किएको विजय जुलुशमा सहभागी हुन पुगेका काँग्रेस कार्यकर्तालाई एमालेका कार्यकर्ताले कुटपिट गरेका छन् ।

एमालेका कार्यकर्ताले बासको भाटाले हान्दा चार जना काँग्रेस कार्यकर्ता घाइते भएका छन् । विजय जुलुशमा सहभागी हुन गइरहेकालाई बृन्दावन गाउँपालिका–५ हर्षाहामा एमाले कार्यकर्ताले आक्रमण गरेका हुन् । घाइतेको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ ।

शेख खैरुल्लाह, शेख मेराजुल, शेख जाहिर र मोहम्मद सैमुल्लाह घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ