arrow

पर्साको धोबिनीमा काँग्रेस र सखुवाप्रसौनीमा फोरम विजयी

logo
प्रकाशित २०७४ असोज ७ शनिबार
parsa.png

पर्सा । पर्साको धोबिनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।  

शनिबार सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्ष पदमा काँग्रेसका सुरेशकुमार कुर्मी दुई हजार १७३ मत हासिल गरी विजयी भएका छन् ।  त्यस्तै उपाध्यक्षमा फोरम नेपालका पारसनाथ कुर्मी दुई हजार ४६९ मत हासिल गरी विजयी भएको निर्वाचन कार्र्यालयले जनाएको छ ।

यसैबीच पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।

मतगणनाको अन्तिम नतिजाअनुसार फोरम नेपालका अध्यक्ष पदका उम्मेदवार प्रदीप जैसवाल र उपाध्यक्षमा फोरम नेपालकै फूलमतिकुमारी थरुइन विजयी भए ।

अध्यक्ष पदमा फोरम नेपालका जैसवालले तीन हजार ६५७ मत हासिल गरी विजयी भएका छन् । भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका निरज गिरीले दुई हजार ६१४ मत हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी उपाध्यक्षमा फोरमकी थरुइनले तीन हजार ६७२ मत हासिल गरी विजयी भइन् । भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी केदारकुमारी विश्वकर्माले दुई हजार ८५१ मत हासिल गरेको निर्वाचन कार्यालयले बताएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ