arrow

भारतमा रहेको नेपाली क्रिकेट टोली तेस्रो अभ्यास खेलमा पनि विजयी

logo
प्रकाशित २०७४ असोज ७ शनिबार
nepal_ck.jpg

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा पनि जित हासिल गरेको छ ।

नियमित कप्तान पारस खड्का विनै मैदान उत्रिएको नेपालले चेन्नईको तमिलनाडु ए टोलीलाई १ सय ४७ रनले पराजित गरेको हो । ३ सय १२ रनको चुनौती पछ्याएको तमिलनाडु ४५ ओभर ३ बलमा १ सय ६४ रनमा समेटियो ।

नेपालका सन्दीप लामिछानेले ३ तथा करन केसी र सुशील कँडेलले समान दुई–दुई  विकेट लिए । ललित भण्डारी, बसन्त रेग्मी र दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो । शरद भेषावकरको शतकीय इनिङ्सको मद्दतमा नेपालले उच्च योगफल तयार पारेको हो ।

शरदले दोस्रो विकेटका लागि सागर पुनसँग १ सय ४७ रनको साझेदारी गरे । ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रिएको नेपालका लागि सागर पुनले ७७ र दिपेन्द्र सिंह ऐरीले ७३ रन बनाए ।

३७ वल सामना गरेका दिपेन्द्रले चार छक्का र आठ चौका प्रहार गरे । कप्तान मल्ल ३१ रनमा आउट भए भने बिनोद भण्डारीले ७ रनमात्र जोड्न सके ।

सोमपाल कामी १० रनमा अजिवित रहे । विश्व लिग क्रिकेट अन्र्तगत हङकङविरुद्धको खेलको तयारीका लागि भारत भ्रमणमा रहेको नेपालले यसअघिका दुई अभ्यास खेलमा फराकिलो अन्तरको जित निकालेको थियो । नेपालले असोज २७ र २९ गते हङकङसंग उसकै घरेलु मैदानमा दुई खेल खेल्दैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ