arrow

एमालेमा नयाँ सोचः भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गरेर निर्वाचनमा जाऔं 

logo
प्रकाशित २०७४ असोज ७ शनिबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीले भावी प्रधानमन्त्रीको नाम प्रस्तावित गरेर निर्वाचनमा जानुपर्ने सुझाव दिएका छन् । 

शुक्रबारदेखि जारी एमाले बैठकमा विभिन्न समूह छलफलबाट भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गरेर प्रदेश र केन्द्रको निर्वाचनमा जानुपर्ने सुझाव दिएको सचिव प्रदीप ज्ञवालीले जानकारी गराए ।

शनिबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न आठ समूहमा छलफल गरेर निष्कर्ष प्रस्तुत गरेका सचिव ज्ञवालीले बताए । 

उनका अनुसार प्रदेश नं १ का तर्फबाट डा शिवमाया तुम्बाहाम्फे, प्रदेश नं २ बाट सत्यनारायण मण्डल, प्रदेश नं ३ बाट काशिनाथ अधिकारी, प्रदेश नं ४ बाट गणेश तिमिल्सिना, प्रदेश नं ५ बाट दलबहादुर राना, प्रदेश नं ६ बाट यामलाल कँडेल, प्रदेश नं ७ बाट उपाध्यक्ष भीम रावल तथा मोर्चा संगठनका तर्फबाट महेन्द्रबहादुर पाण्डेले प्रतिवेदनमाथि सुझाव दिएका थिए । 

निर्वाचनमा वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिलाई समेटेर एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने सुझाव पनि सबै समूहबाट प्रस्तुत भएको उनले बताए । 

प्रतिवेदन आधारभूतरुपमा सही रहेको उल्लेख गर्दै उनहाँहरुले अत्यन्त प्रतिकूल अवस्थामा पार्टीले प्राप्त गरेको सफलता गौरवयोग्य भएको र निर्वाचनका क्रममा भएका कमीकमजोरीको समीक्षा गर्नुपर्ने धारणा राख्नुभएको सचिव ज्ञवालीले बताए । 

उनका अनुसार आगामी संघीय र प्रादेशिक निर्वाचनमा पार्टीको स्पष्ट बहुमतसहित सबै तहमा सरकार बनाउने गरी ठोस नीति, योजना र जिम्मेवारी बाँडफाँड गरेर अगाडि बढ्नुपर्ने सुझावसमेत दिएका थिए । 

शुक्रबारदेखि शुरु भएको बैठक शनिबार समूहगत छलफलका क्रममा प्रस्तुत भएका प्रश्न, जिज्ञासा र सुझावका बारेमा प्रत्युत्तर एमाले अध्यक्ष ओलीले दिँदै आइतबार नै बैठक सकिने सचिव ज्ञवालीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ