arrow

मुलुकले दशैंमा नयाँ जीवित देवी कुमारी पाउँदै

logo
प्रकाशित २०७४ असोज ८ आइतबार
Kumari-Nepal-Living-Goddess.jpeg

काठमाडौं । नौ वर्षपछि काठमाडौंमा जीवित देवी ‘कुमारी’को परिवर्तन गरिने भएको छ । कुमारीलाई जीवित देवीका रुपमा पुजिन्छ ।

हालकी कुमारी मतिना शाक्यको कुमारी बस्ने औसत उमेर पूरा भएकाले नयाँ ल्याउन लागिएको हो ।

मतिना २०६५ सालमा कुमारीका रुपमा कुमारी घरमा प्रवेश गरेकी हुन् । उनको उमेर १२ वर्ष पूरा भएकाले दशैंको महामअष्टमीका दिन कुमारी घरमा नयाँ कुमारी भित्राउने तयारी भएको गुठी संस्थान, प्रधान कार्यालयले जनाएको छ ।

परम्पराअनुसार बहालवाला कुमारी १२ वर्ष पुगेपछि नयाँ कुमारी प्रतिष्थापन गर्नुपर्ने मान्यता रहेको कार्यालयका उपप्रशासक दीपकबहादुर पाण्डेले जानकारी दिए । 

उनका अनुसार महिनावारी हुने उमेरलाई ध्यानमा राखेर नयाँ कुमारीको प्रतिष्थापन गर्ने तयारी भएको हो । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ