arrow

आइतबार बिहान ९ः३० बजेसम्म १२५ स्थानीय तहको परिणाम, काँग्रेसलाई ३६ तह, बाँकी कसले ?

logo
प्रकाशित २०७४ असोज ८ आइतबार

काठमाडौं । प्रदेश नं २ मा आइतबार बिहान ९ः३० बजेसम्म १२५ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । 

नेपाली काँग्रेसले सर्वाधिक ३६ तह जितेर आफूलाई शिर्ष स्थानमा राखेको छ ।

दोस्रो स्थानको राजपाले २३, संघीय समाजवादी फोरमले २३, माओवादी केन्द्रले २१, एमालेले १६, नेपाल लोकतान्त्रिक दलले ३, नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ । 

१३६ स्थानीय तहको छिनोफानो हुँदै गर्दा काँग्रेस ४, संघीय फोरम ४, माओवादी १ र एमाले ३ तहमा अगाडि छ।

जनकपुर उपमहानगरपालिका राजपाको कब्जामा गएको छ भने अब वीरगञ्जमा सबैका आँखा अडेका छन् । 

वीरगञ्ज महानगरपालिकामा काँग्रेस र संघीय समाजवादी फोरमबीच निकै टक्कर भइरहेको छ । सुरुआती अग्रता लिएको राजपा केही पछि छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ