arrow

जुम्लीलाई प्रचण्डले सुनाए– माओवादीको सङ्घर्षले मात्र कर्णाली प्रदेश बनेको हो

logo
प्रकाशित २०७४ असोज ८ आइतबार
CM_prachnd.jpg

जुम्ला । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जुम्लीहरुलाई माओवादीको दबाब र सङ्घर्षले मात्र कर्णाली प्रदेश बनेको सुनाएका छन् ।

आइतबार दिउँसो जुम्लाको सिन्जा उपत्यकामा आयोजित जनसभामा बोल्दै अध्यक्ष दाहालले भने, “हामी १४ वा १० प्रदेशको पक्षमा थियौं, काँग्रेस एमालेका नेताहरु पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउन खोज्दै थिए । तर, हामीले सङ्घर्ष गरेर सात प्रदेश बनायौं । कर्णालीलाई नयाँ प्रदेश बनाउनुपर्ने हाम्रो निरन्तरको दबाब र सङ्घर्षले मात्र अहिलेको ६ नम्वर प्रदेश बनेको हो ।“

“जुम्ला र खासगरी सिन्जा उपत्यका खस भाषा र खस सभ्यताको केन्द्र हो, दाहालले भने,  “म प्रधानमन्त्री भएको बेला खस भाषा र संस्कृतिको अध्ययन, अनुसन्धान र विश्व स्तरमा चिनाउने उद्देश्यले खस भाषा, संस्कृति प्रतिष्ठान बनाउन खोजिएको थियो । काम अघि बढेको छ । तर, सोचेजति प्रगति भएको छैन । खस भाषा र संस्कृतिको उत्थान र विकासका लागि खस प्रतिष्ठान र संग्रालय बनाउन मेरो पूरै पहल हुनेछ, जुम्लालाई विश्वमा चिनाउनमा मेरो साथ रहनेछ ।“

कर्णालीको विकास माओवादीकै प्राथमिकतामा भएको दहालको भनाई छ । उनले भने, “कर्णाली विकास आयोग हामीले नै बनायौं, कर्णाली प्रदेश हामीले नै बनायौं, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हामीले नै बनायौं । नाग्चे लाग्ना नाका खोल्न चीनसँग कुटनीतिक पहल गरिरहेको छु । नाग्मा गम्गडी सडक कालोपत्रे गरिनेछ । कर्णालीको स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखिनेछ ।“



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ