arrow

रौतहटमा मन्त्रीका पीए बने मेयर

logo
प्रकाशित २०७४ असोज ८ आइतबार
rautahat-mayor.jpg

काठमाडौं। सहरी विकास मन्त्री प्रभु साहका पिए रहेका सियाराम कुश्वाहा (फिरोज) रौतहटको कटहरिया नगरपालिकाका मेयर बनेका छन् । कुश्वाहाले नेपाली कांग्रेसका अजय प्रकाशलाई भारी मतले पराजित गरी मेयरमा निर्वाचित भएका हुन् ।

कुश्वाहाले ४२३३ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजय प्रकाशले ३६८२ मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा समेत सयल देवी यादवलाई पराजित गर्दै माओवादी केन्द्रकै नुरजहाँ खातुन विजयी भएकी छिन् । माओवादी केन्द्रको भातृसंगठन योङ्ग कम्युनिष्ट लिग (वाई.सि.एल.) का केन्द्रीय सचिव समेत रहेका कुश्वाहा त्यस क्षेत्रका लोकप्रिय युवा नेता हुन् ।

रौतहटको व्यापारिक केन्द्रको रुपमा परिचित कटहरीयालाई स्थानीय तहको निर्वाचनमा विशेष महत्वका साथ हेरिएको थियो । ‘विकास पुरुष’ का रुपमा स्थापित माओवादी केन्द्रका नेता तथा सहरी विकास मन्त्री प्रभु साहको निर्वाचन क्षेत्रमा पर्ने भएकाले पनि कटहरीयालाई विशेष चासोका रुपमा हेरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ