arrow

दशैँमा काँग्रेसलाई उम्मेदवार छान्ने चटारो, १७ गतेभित्र उम्मेदवारको नाम पठाउन निर्देशन

logo
प्रकाशित २०७४ असोज ८ आइतबार
Congres-FNL.jpg1.jpeg

काठमाडौं। नेपाली काँग्रेसले दशैँको बेला जिल्ला कार्य समितिहरुलाई व्यस्त राख्ने गरी परिपत्र गरेको छ। मध्ये दशैंमा उम्मेदवार छनोटमा व्यस्त भएर दशैं भित्रै अर्थात् आगामी १७ गते केन्द्रमा उम्मेदवारको नाम सिफारिस गर्न केन्द्रीय कार्यालयले निर्देशनात्मक चिठी पठाएको हो। सरकारले आउँदो मंसिर १० र २१ गरी दुई चरणमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति तोकि सकेको छ।

१० मंसिरमा हिमाली र भित्रि पहाडी जिल्लामा निर्वाचन हुँदा २१ मंसिरमा तराईसहितका बाँकी जिल्लामा निर्वाचन हुनेछ । अहिले सबै दलहरु उम्मेदवार छान्न व्यस्त छन्। काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भनेका छन्, ‘१३ गते भित्र क्षेत्रीय कार्यसमितिलाई र १५ गतेभित्र जिल्ला कार्यसमितिलाई उम्मेदवारको नाम टुंग्याएर १७ गतेसम्म केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएका छौं।’ गाउँ–नगर कार्यसमितिले भने १० गतेभित्रै सिफारिस गर्नु पर्ने छ।  

उनले प्रक्रियाबारे भने, ‘गाउँ कार्यसमितिले प्रस्तावित उम्मेदवारको नाम टुंग्याएर क्षेत्रीय कार्यसमितिलाई बुझाउँछन् क्षेत्रीय कार्यसमितिले आफ्नो क्षेत्रबाट प्रतिनिधित्व गर्ने उम्मेदवारको हिसावमा जिल्लालाई बुझाउँछन्।’

मुख्य सचिव पौडेलले त्यसरी आएका नाममा जिल्लाले सकेसम्म आवश्यकता अनुसार नैं नाम सिफारिस गर्ने र आवश्यक भन्दा धेरै नाममा सहमति हुन नसके केन्द्रलाई प्रस्ताव पठाउने र केन्द्रले उम्मेदवार छान्ने सक्ने समेत बताए।

‘गाउँ कार्यसमितिहरुबाट प्राप्त सुझावका आधारमा क्षेत्रले कम्तिमा एक महिलासहित तीन जनाको नाम जिल्लालाई सिफारिस गर्नेछन्। ती नाममा केही क्रिया, प्रतिक्रिया भए लेखेर जिल्लाले केन्द्रलाई पठाउने छन्, पौडेलले भनेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्येक निर्वाचन क्षेत्रले एक प्रत्यक्ष निर्वासचत हुने एकका लागि दुई र समानुपातिकतर्फ उम्मेदवार मध्ये कम्तिमा एक जना हुने गरी तीन जना सिफारिस गर्ने छन्।

प्रदेशका लागि प्रत्यक्ष र समानुपातिकमा गरी कम्तिमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्नेछ। निर्वाचन आयोगले २२ गते आधिकारिक नमूना दस्तखत मागेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ