arrow

२५ वर्षअघि काँग्रेसबाट बागी उठेर उपमेयर जितेका लालकिशोर भए जनकपुरको मेयर

logo
प्रकाशित २०७४ असोज ८ आइतबार
janakpur1.png

धनुषा । प्रदेश नम्बर २ मा सर्वाधिक चासोको जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ । उपमहानगरको मयेरमा राजपा नेपालका उम्मेदवार लालकिशोर साह निकटतम प्रतिस्पर्धी भन्दा दोब्बर मतले विजयी भएका छन् ।

साहले २१ हजार ९ सय ३ मत ल्याए भने उनका निकटवर्ती काँग्रेस उम्मेदवार मनोज साहले ११ हजार १ सय ६४ मत प्राप्त गरे । यस्तै, उपमेयरमा राजपाकै रीता झा विजयी भइन् । उनले १७ हजार एक सय ४७ मत प्राप्त गरिन् ।

निकटतम प्रतिस्पर्धी काँग्रेस उम्मेदवार निलम कर्णले १० हजार ६ सय ५ मत पाइन् । जनकपुर उपमहानगरपालिकामा एमाले तेस्रो स्थानमा रहयो । एमालेको मेयर उम्मेदवारले ४ हजार ८ सय ६५ र उपमेयरमा ४ हजार ९ सय ७२ मत पाए ।  यो उपमहानगरपालिकामा कुद सदर मत ५१ हजार ५ सय ९९ रहयो ।

नेपाली काँग्रेसको पुरानो गढ भनेर चिनिने जनकपुरमा राजपाले दोब्बर बढी मत ल्याएको छ । जनकपुर पुगेका एक काँग्रेस चिन्तकले भनेका छन् । जनकपुरमा टिकट वितरण र आन्तरिक व्यवस्थापन नमिलेको बताएका छन् ।

बहुदलीय प्रजातन्त्र स्थापनापछि भएको स्थानीय निकायको चुनावमा नेपाली कांग्रेसका बागी उम्मेदवारले नै जनकपुरको मेयर जितेको उदाहरण छ ।

२५ वर्ष अघि २०४९ सालमा भएको स्थानीय तहको चुनावमा जनकपुर नगरपालिकामा काँग्रेसका बागी उम्मेदवार वृषेशचन्द्र लाल मेयर पदमा स्वतन्त्रबाट निर्वाचित भएका थिए । अहिले उनी राजपाको वरिष्ठ उपाध्यक्ष छन् ।

लालले काँग्रेसका आधिकारिक उम्मेदवार दिगम्बर रायलाई पराजित गरेका थिए । त्यो चुनावमा कांग्रेसका बागी उम्मेदवार लालकिशोर साह उपमेयरमा निर्वाचित भए । तिनै साह अहिले २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको मेयरमा निर्वाचित भए । उनले त्यो समयलाई पुनः सावित गरिदिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ