arrow

बैज्ञानिक र अनुसन्धानकर्ताकी देवी कात्यायनीको पूजा किन गर्ने ?

logo
प्रकाशित २०७४ असोज ९ सोमबार
katyayani_devi1.jpg

काठमाडौं । नवरात्रिमा दूर्गा पूजाको अवसरमा पूर्ण विधि विधानद्वारा माता दूर्गाको नौ रुपको पूजा गरिन्छ । नवरात्रिको छैटौ दिन माता कात्यायिनीको पूजा गरिन्छ । यिनको उपासना तथा भक्तिले भक्तलाई ठूलो सफलतादेखि अर्थ, कर्म तथा मोक्षको चारै फल प्राप्त हुन्छ । यसले रोग शोक सन्ताप तथा भय नष्ट हुन्छ । जन्मदेखिको समस्त पाप पनि नष्ट हुन्छ ।

यी देवीको नवरात्रिको छैटौं दिन पूजा गरिन्छ । कात्य गोत्रमा प्रख्यात महर्षि कात्यायनले भगवती परम्बाको उपासना गरे । उनैको लागि कसठन तपस्या पनि गरे । उनको एउटै ईच्छा थियो की उनको एउटी छोरी होस् । माता भगवतीले तिनै महर्षिको पुत्रीको रुपमा जन्म लिईन् । 

यसै कारणले यी देवीको नाम कात्यायनी कहिन्छ । यी देवीको गुण नै शोध तथा अनुसन्धान गर्नु रहेकोले आजको बैज्ञानिक युगमा यिनको महत्व एकदमै धेरै देखिन्छ । यिनकै कृपाले नै सारा बैज्ञानिक कार्य पूर्ण हुन्छ भन्ने धार्मिक विश्वास छ । यिनी बैद्यनाथ नामकस्थानमा प्रकट भएर पूजिँदै आएकी देवी हुन् । 

कात्यायनीलाई अमोघ फलदायिनी पनि भनिन्छ । भगवान श्री कृष्णलाई पति रुपमा पाउनको लागि गोपिनीहरुले यिनै देवीको पूजा गरेका थिए । यो पूजा यमुना नदीको तटमा गरिएको थियो । 

यिनको दिव्य स्वरुप एकदमै भव्य रहेको छ । यिनको चार हात रहेको छ । दाया तर्फको माथिल्लो हात अभयमुद्रामा रहेको हुन्छ । तथा तल्लो हात वर मुद्रामा रहेको हुन्छ । त्यस्तै, दायाँ तर्फको माथिल्लो हातमा तरवार रहेको हुन्छ । र तल्लो हातमा कमलको फूल रहेको हुन्छ । यिनको पनि बाहन भने सिंह नै हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ