arrow

अष्ट्रेलिया विरुद्धको श्रृंखला भारतलाई, एक दिवसीयमा नम्बर एक

logo
प्रकाशित २०७४ असोज ९ सोमबार
india.jpg

इन्डोर । अष्ट्रेलिया विरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला भारतले जितेको छ । आइतबार राति इन्डोरमा भएको तेस्रो खेल ५ विकेटले जितेर भारतले ५ खेलको श्रृंखलामा ३–० को अग्रता बनाएको छ ।

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ६ विकेटको नोक्सानीमा २९३ रन बनायो । आरोन फिन्चले १२५ बलमा १२४ रन बनाए । 

जसप्रित बुमराह र कुलदिप यादवले २–२ विकेट लिए । 

जवाफमा भारतले ४७.५ ओभरमा ५ विकेटको नोक्सानीमा विजय हासिल गर्यो ।

हार्दिक पाण्डेयाले ७८ तथा रोहित शर्माले ७१ रन बनाए । 

१ विकेटसमेत लिएका हार्दिक पाण्डेया म्यान अफ द म्याच भए । 

यो जितपछि भारत एक दिवसीय क्रिकेटको विश्व वरियतामा पनि शिर्ष स्थानमा रहेको छ । 

भारतको १२० अंक भएको छ भने दक्षिण अफ्रिका पछाडि परेको छ । 
टेस्टमा पनि भारत एक नम्बरमा छ । टी–२० मा भने पाँचौं स्थानमा छ । 

चौथो खेल बिहिबार बैंगलोरमा हुनेछ ।  

ऑस्ट्रेलिया को हराकर नंबर 1 बनी इंडिया, पंड्या समेत 5 प्लेयर्स बने जीत के हीरो, sports news in hindi, sports news



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ