arrow

जर्मन चान्सलरमा एङ्गेला मर्केल चौथो कार्यकालका लागि निर्वाचित, हालसम्मकै कम मत

logo
प्रकाशित २०७४ असोज ९ सोमबार
angela-merkel.jpg

काठमाडौं । एङ्गेला मर्केल चौथो कार्यकालका लागि जर्मनीको चान्सलरमा निर्वाचित भएकी छिन् ।

मर्केल निर्वाचित भए पनि संघीय चुनावमा उनको पार्टी कन्जरभेटिभ सिडियु–सिएसयुले अहिलेसम्मकै खराव नतिजा ल्याएको छ ।

सन् १९४९ देखि पार्टीले अहिलेसम्मकै खराव नतिजा ल्याएको बताइएको छ । 

उनको पार्टीले ३३.२ प्रतिशत मत ल्याएको छ । 

मर्केलको पार्टीसँग अहिले गठबन्धनमा रहेको सोसल डेमोक्रयाटिक एसपिडी पार्टीले चुनावमा बेहोरेको हारपछि प्रतिपक्षमा जाने निर्णय गरेको छ ।

सोसलले २०.८ प्रतिशत मत ल्याएको छ । 

इमिग्रेसनको विरोध गर्दै आएको पाटी एएफडीले १३.१ मत ल्याएको छ । 

खराव नतिजासंगै मर्केलले अन्य दलसंग मिलेर सरकार बनाउनु पर्ने हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ