arrow

मंसिर १० र २१ गते हुन प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दलहरु जुटे

logo
प्रकाशित २०७४ असोज ९ सोमबार

पोखरा। स्थानीय तहका तीनै चरणका निर्वाचन सम्पन्न भई मतपरिणाम पनि आएपछि अब दलहरुको ध्यान आगामी मंसिर १० र २१ हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनतिर गएको छ। जिल्लाका प्रमुख दलहरु नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्र लगायतका दलले इमान्दार र स्वच्छ छवि भएका उम्मेदवार छनोट गरेर जिल्ला समितिमा पठाउन क्षेत्रीय समितिलाई निर्देशन दिइसकेका छन्।

उम्मेदवार बन्न इच्छुक दलका नेता पनि टिकट पाउनका लागि दौडधूप शुरु गरेको देखिन्छ। चियापसल, गाउँ नगरका चोक, चौतारा र भेटघाटमा निर्वाचनकै परिचर्चा शुरु हुन थालेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कुन दलको उम्मेदवारलाई जिताउन त्यस क्षेत्रको विकास हुन्छ भनेर मतदाताले पनि एक–आपसमा छलफल शुरु गर्न थालेका छन्।

चार निर्वाचन क्षेत्र रहेको कास्की जिल्लालाई निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभाको ३ र प्रदेश सभाको लागि ६ निर्वाचन क्षेत्र कायम गरेका छन्। क्षेत्रीय निर्वाचन कार्यालय पोखराले पनि मतदाता शिक्षाको तैयारीमा जुटेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए। स्थानीय तहको निर्वाचनमा कायम गरिएका मतदान स्थल र केन्द्रको पुनरावलोकनका लागि स्थानीय प्रशासनसँग छलफलसमेत भएको बताइएको छ। कास्कीमा आगामी मसिर २१ गते दुबै तहको निर्वाचन हुँदैछ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ