arrow

स्थानीय तहको नतिजाबाट हौसिदै  केन्द्र र प्रदेशसभाको चुनावको तयारीमा जुट्यो फोरम

पोलिटब्यूरो बैठक सुरु

logo
प्रकाशित २०७४ असोज ९ सोमबार
forum-nepal.png

काठमाडौं। संघीय समाजवादी फोरम नेपालले आगामी मंसिरमा हुने संघीय संसद र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयारी थालेको गरेको छ। उम्मेदबार चयनको मापदण्ड र सम्भाव्य उम्मेदबारको सूचीबारे छलफल गर्न फोरम नेपालको राजनीतिक समिति बैठक सुरु भएको हो। 

निर्वाचनको तयारी अनुरुप पार्टी केन्द्रीय कार्यालय तिनकुनेमा सोमबार राजनीतिक समितिको बैठक बोलाइएको छ। बैठक दिउसो १ बजेदेखि सुरु भएको छ। संघीय समाजवादी फोरम नेपालका महासचिव रणध्वज कन्दङवाले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई केन्द्रीत गरी राजनीतिक समितिको बैठक बोलाइएको जानकारी दिए।

बैठकमा आगामी निर्वाचनमा कसरी जाने ? को को नेताहरु कहाँबाट निर्वाचनमा लड्ने  र उम्मेदबार चयनको मापदण्ड के हुने लगायत बिषय बैठकको मुख्य एजेन्डा भएको महासचिव कन्दङ्वाले बताए। 

नयाँ संविधान अनुसार नयाँ निर्वाचन क्षेत्र बनाइएको छ। तर अबको निर्वाचन क्षेत्र भूगोल र जनसंख्याका हिसाबले ठूलो आकारको छ। हाल देशभरि कूल १६५ निर्वाचन क्षेत्र बनाइएको छ। एक निर्वाचन क्षेत्रमा दुईवटा प्रदेश निर्वाचन क्षेत्र कायम गरिएको छ।
ठूलो आकारको निर्वाचन क्षेत्र भएकोले आगामी मंसिरमा प्रत्यक्ष निर्वाचन जित्नका लागि  दलहरुलाई ठूलो चुनौतीको विषय बनेको छ। संघीय समाजवादी फोरम नेपालले यही चुनौतीलाई सामना गर्नका लागि निर्वाचन तयारी सुरु गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ