arrow

जनकपुरका नगरप्रमुख भन्छन् : जीर्ण जनकपुरको व्यवस्थापन गर्छौं

logo
प्रकाशित २०७४ असोज ९ सोमबार
lal_kishor_sah.png

जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले उपमहानगरपालिकाको सबैभन्दा प्रमुख कार्य जीर्ण जनकपुरको व्यवस्थापन भएको बताएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा सोमबार जनकपुरधाममा आयोजित शपथ ग्रहण समारोहमा बोल्दै उनले जनकपुरको गरिमालाई जोगाइराख्ने कार्यमा सबैको सहयोगको खाँचो औँल्याए । निर्वाचनका क्रममा दलहरूबीच प्रतिस्पर्धा रहेकामा अब त्यस्तो प्रतिस्पर्धा सकारात्मक कामका लागि हुनुपर्ने उनको धारणा थियो ।

मिथिला संस्कृतिको जगेर्ना र सामाजिक एकताका लागि ऐक्यबद्धताको आवश्यकता रहेको पनि उनले बताए ।  

उपप्रमुख रीता झाले जनकपुरको सट्टा जनकपुरधाम प्रचलनमा ल्याउन र धार्मिक वातावरण निर्माण गर्न सबै पक्षको सहयोग जरुरी भएको धारणा राखिन् ।

मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जनप्रतिनिधिहरूले अव्यवस्थित जनकपुरलाई व्यवस्थित गर्ने र धार्मिक सौम्यता कायम राख्ने कार्यलाई प्राथमिकता दिने विश्वास व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ