arrow

आपूर्ति सहज बनाउन देउवाको भारतलाई आग्रह

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1680343782.jpeg
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपालको आपूर्ति व्यवस्था चाँडो सहज बनाउन भारत सरकारलाई आग्रह गरेका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल ९टान०को ३७ औँ वार्षिक साधारण सभा तथा निर्वाचनको बिहीबार यहाँ उद्घाटन गर्दै नेता देउवाले भारतबाट आउने सामान ढुवानीलाई सहज बनाउन आग्रह गरेका हुन् ।

नेता देउवाले तराईमा भएको लामो समयदेखिको आन्दोलनले कसैलाई फाइदा नपुग्ने भन्दै सो आन्दोलन तत्काल रोकेर वार्तामा आउन मधेसी दललाई आग्रहसमेत गरे । 

उनले अहिलेको समस्या चाँडै समाधान हुने भन्दै धैर्य रहन सबै जनतालाई आग्रह गरे । टानको अधिवेशनको केही क्षणमा बन्द सत्र सुरु हुने र आजै नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ