arrow

यसरी उत्रँदै छ चुनावी मैदानमा विवेकशील साझा पार्टी

मूल नारा : ‘अबको आशा विवेकशील साझा’

logo
प्रकाशित २०७४ असोज १० मंगलबार
sajha.JPG

काठमाडौं । विवेकशील साझा पार्टी आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा सशक्त राष्ट्रिय पार्टी बन्ने रणनीतिका साथ चुनावी रणनीतिमा लागेको छ ।

विवेकशील साझा पार्टीले विज्ञप्ति जारी गरेर यो पार्टी वैकल्पिक सुसंस्कृत राजनीति, सुशासन, विकाश र संवृद्धिका लागि स्थापना भएको भन्दै वैकल्पिक शक्ति बन्ने रणनीतिका साथ चुनावमा सहभागि हुन लागेको जनाएको छ ।   

चार वर्ष अघि स्थापना भएको विवेकशील नेपाली दल र ६ महिना अघि स्थापना भएको साझा पार्टी अहिले एकीकृत भएका छन् ।

यो पार्टीले तराजु चुनाव चिन्ह पाएको छ ।  निर्वाचनको लागि पार्टीले मूल नारा ‘अबको आशा विवेकशील साझा’ तय गरेको छ ।

पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापाले निर्वाचन अभियानको नेतृत्व गर्ने छन् । विज्ञप्तिमार्फत पार्टीका तर्फबाट को–को, कहाँ–कहाँ उम्मेदवार बन्ने छिट्टै निर्णय गरिने र नेपाल भित्र तथा नेपाल बाहिर रहेका सम्पूर्ण नेपालीलाई आगामी निर्वाचनमा विवेकशील साझा पार्टीलाई सशक्त राष्ट्रिय पार्टीको रुपमा स्थापित गर्न मन, वचन र कर्मले सहयोग गर्न अपिल गरिएको छ ।

चुनावमा खटिने र नेतृत्व गर्नेहरुको नाम समेत विवेकशील साझा पार्टीले उल्लेख गरेको छ ।
 

परिचालित हुने केन्द्रीय सदस्यहरु
रवीन्द्र मिश्र
 उज्वल थापा
अब्दुस् मिया
अर्जुनसिंह ठकुरी
अजीता राई
अनुषा थापा
आशुतोष तिवारी
उमेद पुन
ओम प्रकाश अर्याल
किरणकृष्ण श्रेष्ठ
किशोर थापा
गेहेन्द्र दाहाल
गोपी हमाल
गोविन्द नारायण तिमल्सिना
जीवन श्रेष्ठ
तारा काफ्ले
दिनेश प्रसाईँ
निरुपमा यादव
प्रकाशचन्द्र परियार
पुकार बम
मानवी पौडेल
मिलन पाण्डे
मुमाराम खनाल
रन्जु दर्शना न्यौपाने
रमेश पौड्याल
रमेश महर्जन, राम शाह
रेशु अर्याल
विराज भक्त श्रेष्ठ
शशीविक्रम कार्की
शोभा शाक्य
सरोज धिताल
साधना राई
सुवुना बस्नेत
शोभिता परियार
सूर्यराज आचार्य
ज्ञानेन्द्र निरौला



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ