arrow

छुटेका अस्थायी करार शिक्षक पनि अब आन्दोलनमा, तीन बुँदे माग

logo
प्रकाशित २०७४ असोज १० मंगलबार
techer_o.jpg

काठमाडौं । छुट अस्थायी करार शिक्षक संघर्ष समितिले शिक्षा ऐन नवौं संशोधन तत्काल परिमार्जन गरेर अघि बढ्नुपर्नेमा जोड दिएको छ ।

रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर समितिले राज्य अहिले नवौं संशोधन ल्याएर विभेदकारी नीतिमा उत्रिएको आरोप लगाएको छ ।

कार्यक्रममा बोल्दै संघर्ष समितिका अध्यक्ष भरत केसीले एउटै प्रकृतिबाट नियुक्ती भएका करार शिक्षकलाई अहिले आएको नवौं संशोधन विद्येयकले विभेद गरेको गुनासो पोखे । उनले भने, ‘करार शिक्षकहरुलाई समानताको आधारमा अधिकार प्रत्याभूति गर्न अरु करार सरह असार १५ पछिका करार शिक्षकहरुलई आन्तरिक परिक्षामा सहभागी गराउनुपर्छ ।’

समितिले अस्थायी करार शिक्षकहरुलाई मौलिक हकको धारा–१८ को उपधारा १ बमोजिम भेदभावरहित विज्ञापन हुनुपर्ने, कसैलाई परीक्षामा अनुत्तिर्ण भएपनि गोल्डेन ह्याण्डसेकको व्यवस्था गर्ने तर सोही प्रक्रियाबाट २०७३ असारपछि नियुक्त शिक्षकहरुलाई आन्तरिक प्रतिष्पर्धामा सामेल नगरेकोले २०७३ असार १५ देखि हालसम्मका सम्पूर्ण शिक्षकहरुलाई आन्तरिक प्रतिष्पर्धामा सामेल गराउनुपर्ने, र २०७३ साल चैत्र १९ सम्मका अस्थायी करार शिक्षकले सो अवसर पाउँदैन भने ०४९ देखि ०७३ चैत्र १९ गतेसम्म खुल्ला, आन्तरिक प्रतिष्पर्धा हुनुपर्नेसहितको तीन बुँदे माँग समेत अघि सारेको छ ।

समितिले अहिले चाडपर्व परेकोले दशैंलगत्तै संघर्षमा होमिने समेत चेतावनी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ