arrow

राजनीति विकासका लागि गर्नुपर्छः नेता लेखक

logo
प्रकाशित २०७४ असोज १० मंगलबार
ramesh-lekhak.gif.gif

बैतडी। नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले विकासका लागि आफूले राजनीति गरिरहेको बताएका छन्। आज बैतडी सदरमुकाम गोठलापानीमा रहेको जगन्नाथ बहुमुखी क्याम्पसले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले विकासका लागि आफू सधैँ लागिपरेको बताए।

नेता लेखकले भने, “राजनीति विकासका लागि, विकास समृद्घिका लागि हो।” आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सम्पूर्ण राजनीतिक शक्ति एक हुनुपर्नेमा पनि उनले जोड दिए।

वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द र नेपाली काँग्रेस बैतडीका सभापति तथा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापाले मुलुकको विकास र समृद्धिका लागि सबैले इमान्दारीपूर्वक लाग्नुपर्ने आवश्यकता औल्याए।

जगन्नाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउन विशेष भूमिका निर्वाह गरे वापत नेता लेखक र वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दलाई कार्यक्रममा क्याम्पस परिवारले सम्मान पनि गरियो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ