arrow

कलैया उपमहानगर : अग्रता एमाले, विजयी काँग्रेस

logo
प्रकाशित २०७४ असोज ११ बुधबार
kalaiya_upamahanagarpalika_map.png

कलैया। यही असोज २ गते भएको स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिका प्रमुखमा एक ८७ मत अन्तरले नेपाली काँग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी भएका छन्।

काँग्रेसका यादवले १० हजार ९०३ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोद साहले १० हजार ७१६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

त्यसैगरी उपप्रमुखमा काँग्रेसकै रहिना खातुन १० हजार ५३८ मत प्राप्त गरी विजयी भएकिछिन्। उनीका निकटतम प्रतिद्वन्द्वी एमालेकी प्रतिमा यादवले १० हजार ३७२ मत प्राप्त गरेकिछिन्।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ