arrow

काठमाडौंको कुमारी घरमा नयाँ कुमारी फेरिँदै

logo
प्रकाशित २०७४ असोज १२ बिहिबार
naya_kumari.JPG

काठमाडौं । काठमाडौको कुमारी घरमा राजकीय सम्मानका साथ विहिबार नयाँ कुमारी फेरिँदैछ । अहिलेकी कुमारी मतिना शाक्यको उमेर १२ वर्ष पुगेकाले उनको ठाउँमा ओमबहालकी तृष्णा शाक्यलाई कुमारी छनोट गरिएको हो ।

महाअष्टमीको दिन पारेर तृष्णा शाक्यलाई विधिवत कुमारी देवीका रुपमा प्रतिस्थापन गरिने गुठी संस्थानले जनाएको छ ।
गुठी संस्थानको संचालक समितिले विधिवत रुपमा तृष्णालाई कुमारी छनोट गरेको हो । संस्थानले १८ वटा

महाविहारका ३ जना प्रतिनिधि, पञ्चबुद्धका राजगुरुसमेत ५ जनाको छनोट समितिबाट नयाँ कुमारी छनौट गरेको हो ।

३ वर्षको उमेरमा कुमारी भएकी मतिनालाई राजकीय सम्मानका साथ कुमारीघरबाट बिदाइ गरिनेछ । कुमारीलाई जीवित देवीका रुपमा पुज्ने गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ