arrow

जापानी प्रधानमन्त्रीद्वारा संसद बिघटन, अक्टोबर २२ मा आमनिर्वाचन 

logo
प्रकाशित २०७४ असोज १२ बिहिबार
japanese-pm-shinzo-abe.jpg

टोकियो। जापानी प्रधानमन्त्रीले राजनीतिक प्रणाली बमोजिम शक्तिशाली मानिएको संसदको तल्लो सदन बिघटन गरेका छन्। उनले प्रतिनिधि सभा बिघटन गरेर आमनिर्वाचनको अर्को मिति पनि तोकेका छन्। प्राप्त जानकारी अनुसार जापानको अर्को निर्वाचन आगामी अक्टोबरको २२ तारिखका लागि आह्वान गरिएको छ।

उनले बिहीबारै साँझ आह्वान गरिएको संसद बैठकलगत्तै उक्त सदन बिघटन गरेका हुन्। उनले संसद बिघटन गर्नसक्ने चर्चा यसअघि नै चलिरहेको थियो। बिहीबारको सो बैठकमा सभामुखले संसद बिघटनको सूचनाको बारेमा पनि पढेर सुनाउने कार्यक्रम रहेको थियो। तर सो सभाको बैठक विपक्षी दलहरुले भने बहिस्कार गरेका थिए।

जापानी प्रतिपक्षीहरुले प्रधानमन्त्रीको सो कदमको बिरोध गरिरहेका छन्। उनीहरुले समय पुग्नुअगावै प्रधानमन्त्रीले संसद बिघटन गर्नुपर्नाको कारण पनि माग गरेका छन्। संसद बिघटनको बारेमा प्रधानमन्त्रीले विपक्षीलाई थाहा नदिएको तथा आवश्यक मात्रामा परामर्श पनि नगरेको आरोप विपक्षीहरुको छ।

उनीहरुले प्रधानमन्त्रीले संसद बिघटन अघि कुनै नीतिगत जानकारीको बारेमा संसदलाई सम्बोधन नगरेको, संसदीय बहस सञ्चालन नगरेको तथा आवश्यक कुनै परामर्शका साथै पत्रकार सम्मेलन पनि आयोजना नगरेको भनी आलोचना गरेका छन्।

विपक्षीहरुले आवश्यक मात्रामा विपक्षी राजनीतिक दलहरुले पनि निर्वाचको तयारीका लागि समय पनि नरहेको र यसका लागि प्रधानमन्त्रीले पहल नगरेको आरोप प्रधानमन्त्रीमाथि लगाएका छन्।  रासस-सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ