arrow

फरार थाई पूर्व प्रधानमन्त्री सिनावात्रा दुबईमा लुकेर बसेको खुलासा 

logo
प्रकाशित २०७४ असोज १३ शुक्रबार
yingluck-sinawarta.jpg

बैंकक । थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा हाल दुबईमा रहेको खुलेको छ । सो समाचारको बिहीबार थाई प्रधानमन्त्री प्रयुत चान ओचाले पुष्टी गरेका हुन् ।  

उनले बिहीबार थाई विदेशमन्त्रालयको हवला दिँदै सो समाचारको खुलासा गरेका हुन् । 

उनले भने– हाम्रो विदेश मन्त्रालयले दिएको प्रारम्भिक जानकारीअनुसार उनी हाल संयुक्त अरब इमिरेट्सको दुबई सहरमा लुकेर बसेकी छिन् ।  

उनलाई यसअघि नै थाइल्याण्डको सर्वोच्च अदालतले अदालतमा उपस्थित हुन आदेश दिएको थियो । तर उनी अदालतमा हाजिर नभई दुबई भागेको बताइएको थियो । 

उनी अदालतमा हाजिर हुन नमानेपछि गत महिना पुनः थाई सर्वोच्च अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सो पक्राउ पुर्जीको अवज्ञा गरेर उनी गत महिना देश छोडेर भागेकी थिइन् । 

गत महिना देश छोडेकी उनी हाल दुबईमा रहेको जानकारी गराइएको हो । 

पूर्वप्रधानमन्त्री शिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले बुधबार मात्र पाँच वर्षको जेल सजाय सुनाएको थियो । 

अदालतको उक्त फैसला लामो समयको सुनुवाईपछि आएको थियो । 

चामल अनुदानसम्बन्धी एक आयोजनामा शिनावात्राले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । सन् २०१४ देखि सो विषयमा अदालती प्रक्रियाबमोजिम नै अनुसन्धान भइरहेको थियो । 

यस अनियमितताबाट कम्तीमा पनि आठ अर्ब अमेरिकी डलर बराबरको रकम अपलचन भएको अदालतको ठहर छ । त्यस बापत थाइल्याण्डले सो रकमको हानी ब्यहोर्नु परेको बताइएको छ । 

उनी सन् २०११ मा थाइल्याण्डको प्रधानमन्त्री बनेकी थिइन् । सन् २०११ मा भएको आम चुनावमा यिङलकको पू थाई दल अत्यधिक मतका साथ विजयी भएको थियो । 

तर उनको सरकारलाई सन् २०१४ मा थाई सेनाले सत्तापलट गरेर हटाएको थियो । तर त्यस अगावै उनलाई यहाँको संवैधानिक अदालतले अख्तियारको दुरूपयोग गरेको आरोपमा पदबाट हटाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ