arrow

चिकित्सकको आन्दोलन रोकिएन, विरामी मारमा

logo
प्रकाशित २०७४ असोज १३ शुक्रबार
doctor.jpeg

काठमाडौं । चिकित्सकको आन्दोलनले आठ दिनदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प हुँदा बिरामी मारमा परेका छन् ।

चिकित्सकहरुको लापरवाहीले अस्पतालमा विरामीको मृत्युका घटना बढेको गुनासोको आधारमा सरकारले नियमन गर्न कानुन बनाउने प्रक्रिया अगाडि बढाउने निर्णय सुनाउने वित्तिकै चिकित्सकहरु काम छाडेर आन्दोलनमा उत्रिएका हुन् ।

चिकित्सकको आन्दोलन नरोकिएपछि अस्पतालका सेवा ठप्प भएका हुन् । सरकारले अस्पताल र उपचार सेवा नियमन गर्न ल्याउन खोजेको कानुन चिकित्सक विरोधी रहेको भन्दै चिकित्सकहरुले स्वास्थ्य संस्था ठप्प पारेपछि विरामीहरु अस्पताल पुगेर त्यसै फर्किरहेका छन् ।

गएको असोज २ गतेको मन्त्रिपरिषद् बैठकले अस्पतालमा उपचारका क्रममा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भए त्यसको क्षतिपूर्ति डाक्टरले नै बेहोर्नुपर्नेसम्बन्धी कानुनको मस्यौदा बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो ।

त्यसलगतै चिकित्सकहरुको संस्था नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम अघि सारेको हो । असोज ६ गतेदेखि उनीहरुले आफ्नो माग पूरा नभएसम्म देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङ्होम, क्लिनिक लगायतका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् ।

उनीहरुले दशैँपछि पनि आफुहरुको माग पूरा नभए आकस्मिक सेवा समेत बन्द गर्ने चेतावनी दिएका छन् । स्वास्थ्य मन्त्रालय र चिकित्सकहरुबीच चिकित्सकलाई र अस्पतालमा आक्रमण गर्नेलाई धरौटीमा नछोड्ने कानुन ल्याउने विषयमा सहमति भएको छ । यद्यपि, आन्दोलन रोकिएको छैन ।

यस्तै, राष्ट्रिय मानवअधिकार आयोग र उपभोक्तावादी संघ संस्थाले चिकित्सकहरुको आन्दोलन संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेश विपरीत भएको भन्दै अत्यावश्यकीय सेवामा यस्तो अवरोध नगर्न भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ