arrow

भारतको मुम्बईमा भागदौड, २२ जनाको मृत्यु, मोदी दुःखी

logo
प्रकाशित २०७४ असोज १३ शुक्रबार
india_ta.jpg

मुम्बई । भारतको मुम्बईस्थित रेलवे स्टेशन जोड्ने आकाशेपुलमा भागदौड मच्चिदा २२ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार १८ पुरुष र चार महिलाको मृत्यु भएको हो ।

एल्फिन्स्टन तथा परेलको स्थानीय रेल स्टेशन जोड्ने पुलमा भागदौड मच्चिएको बताइएको छ । ३० जना बढी घाइते भएका छन् । घाइतेको मुम्बईस्थित किङ्स एडबर्ड मेमोरियल हस्पिटलमा उपचार भइरहेको छ । यो अस्पतालमा ‘ए’ नेगेटिभ, बी नेगेटिभ, एबी नेगेटिभ रगतको आवश्यकता परेको भन्दै रक्तदानका लागि अपील गरिएको छ ।

एल्फिन्स्टन रोडको छेउमा रहेको आकाशेपुलमा शुक्रबार भागदौड मच्चिएको हो । वर्षाका कारण पानीबाट ओत लाग्नका लागि क्षमताभन्दा बढी पैदलयात्री पुलमा चढेको रेल्वे प्रवक्ता अलिन सक्सेनालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर घटनाप्रपत दुःख प्रकट गर्नु भएको छ । मोदीले घटनाबारे रेलमन्त्री पीयूष गोयलसँग जानकारी लिएका छन् । पूर्व रेलमन्त्री एवं अहिलेका वाणिज्यमन्त्री सुरेश प्रभूले यो घटनाबारे दुःख प्रकट गरेका छन् । सरकारले मृत्यु भएका परिवारलाई ५ लाख आर्थिक सहायता दिने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ