arrow

फलसिद्धीका लागि नवरात्रिबारे ध्यानदिनै पर्ने १२ तथ्य

logo
प्रकाशित २०७४ असोज १३ शुक्रबार
dugra.jpg

काठमाडौं। नवरात्रिमा दूर्गा देवीके पूजा विशेष फलदायी मानिन्छ। नवरात्रि यस्तो पवित्र पर्व हो जसमा महाकाली, महालक्ष्मी र महासरस्वतीको साधना गरेर मनसिद्धी एवं विशेष उपलब्धी हाँसिल हुन्छ। माता दूर्गाको कृपा प्राप्त गर्नको लागि हामीले नवरात्रिमा यी १२ तथ्यलाई सधैं ध्यान दिईराख्नुपर्छ। 

१. आफ्नो घरको पूजाकोठामा भगवती दूर्गा, महालक्ष्मी र महासरस्वतीको तस्वीर स्थापना गरेर उनीहरुको प्रतिमालाई फूलले सजाएर राख्नुपर्छ। 

२. नौ दिनसम्म हरेक दिन व्रत बस्नुहोस्। यदी सक्नुहुन्न भने चौथो र आठौं दिनमा अवश्य पनि उपवास गर्नुहोस्। 

३. नौ दिनसम्म माता दूर्गाको नाममा घरमा अवश्यपनि दीज जलाउनुहोला। 

४. जतिसकिन्छ धेरै नवार्ण मंत्र 'ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चै' को जप गर्नुहोस्।

५. यी दिनहरुमा दूर्गासप्तशतीको पाठ अवश्य गर्नुहोस्। 

६. पूजा गर्ने समयमा अवश्यपनि रातो रंगको आसन प्रयोग गर्नुहोस्। 

७. रातो रंगको विच्यौना छैन भने आफूसँग भएको आसन विच्याएर रातो रंगको कपडा राखेर पूजा गर्नुपर्छ। 

८. पूजा पूरा भएपछि आसनलाई ढोगेर सुरक्षित स्थानमा शुद्ध रुपले राख्नुपर्छ। 

९. पूजाको समयमा रातो वस्त्र पहिरिनु उत्तम हुन्छ। रातो रंगको तिलक पनि अनिवार्य रुपमा लगाउनै पर्छ। रातो कपडाले  हामीहरुमा विशेषप्रकारको उर्जा उत्पन्न गराउँछ। 

१०. दूर्गालाई प्रातः कालको समयमा मह मिलाएको दूध अर्पण गर्नुहोस्। पूजाको समयमा यो ग्रहण गर्दा तपाईको आत्मा र शरीर बलियो बन्न पुग्दछ। 

११. अन्तिमदिनमा घरमा राखिएको पुस्तक, बाद्य यस्त्र कलम आदिको पूजा अवश्य पनि गर्नुपर्दछ।

१२. अष्टमी वा नवमीको दिन कन्या पूजा गर्नुपर्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ