arrow

महिलाबारे के सोच्थे रावण, सात बुँदामा हेर्नुहोस्

logo
प्रकाशित २०७४ असोज १४ शनिबार
ravana-lanka.png

काठमाडौं। मान्छेलाई कसैको गुण कसैको अवगुण लाग्न सक्छ। मनपरेको मान्छेको गुण मननपरेको मान्छेको लागि अवगुण हुनसक्छ। तर, जुनसुकै महिलादेखे पनि आकर्षित भईहाल्ने रावणले भने आफ्नी प्रिय स्त्री वा श्रीमती मन्दोदरीको आधारमा महिलाहरुको विशेषतः ७ अवगुणहरुको बारेमा बताएको कुरा राम चरित्र मानसनामक पुस्तकमा उल्लेख गरिएको छ। 
 
जव सीताहरण गरिसकेपछि वानर सेनाहरु श्रीरामको नेतृत्वमा लंका गएका थिए। सो समयमा समुद्र पार गरी वानर सेना सहित आएका श्रीरामसँग युद्ध नगर्न र सीता फिर्ता गरी उनीहरुसँग क्षमा माग्न मन्दोदरीले रावणसँग आग्रह गरेकी थिईन्। सोही समयमा रावणले हँसिलो मुद्रामा अरु सबै राम्रो भएपनि स्त्रीहरुको ७ वटा चाहिँ अवगुण हुने भनेर भनेको थिए। त्यो उनले समग्र स्त्रीहरुको लागि भनेका हुन्। 
 
१. माया रचना
रावणका अनुसार स्त्रीहरुको सबैभन्दा ठूलो अवगुण भनेको नै आफूलाई कुनै कुरा हाँसिल गर्नुछ भने उनीहरुले पुरुष जातीलाई माया जालमा फसाएर आफ्नो स्वार्थ पूरा गरिहाल्छन्। जव स्त्रीको मायाँजालमा फस्छन् अनि पुरुषहरु स्त्रीमा वशिभूत हुन थाल्छन्। उदाहरण दिँदै मन्दोदरीलाई रावणले तिमीले पनि मलाई माया जालमा फसाएर रावणसँग युद्ध नगर्न भनेकी छ्यौ। 
 
२. चञ्चलता
स्त्रीहरुमा पुरुषको तुलनामा अत्यधिक चन्चलता र परिवर्तित विचार हुन्छ। जसका कारणले उनीहरु अधिकांश समयमा सहि विचार लिनको लागि असमर्थ हुन्छन्। उनीहरु तत्कालीन समयको लागि जायज जस्तो विचार सोच्छन् तर त्यो विचारले दीर्घकालको लागि फाईदा गर्दैन। त्यसैले यो पनि महिलाहरुको अवगुण हो। 
 
३. निर्दयीता 
महिलाहरु एकदमै दयावान हुन्छन्। तर, एकपटक उनीहरुमा दया मरेपछि भने उनीहरुमा कहिलैपनि दया फर्किएर आउँदैन। एकदमै कठोर बन्नु र ऊ प्रति सधै निर्दयीता व्यक्त गर्नु पनि महिलाहरुको एउटा अवगुण हो।  
 
४. अनावश्यक साहस
रावणका अनुसार महिलाहरुमा पुरुषको भन्दा पनि बढी साहस त हुन्छ। तर, उनीहरुले साहसलाई चाहिएको बेलामा प्रयोग गर्न सक्दैनन्। सानोतिनो र अनावश्यक ठाउँमा साहसिलो बन्ने र चाहिएको ठाउँमा साहस लुकाउने हुनाले महिलाहरुको साहसले काम गर्ने भन्दा पनि विगार्ने काम बढी गर्छ। त्यसैले यो पनि महिलाहरुको अवगुण मध्येको एक हो। 
 
५. चाहिएको बेलामा बढी डराउनु 
महिलाहरु आफूभित्रको साहस चाहिएको बेलामा देखाउन सक्दैनन् र सानोतिनो व्यवधानहरुमा पनि एक्कासी डराउने गर्दछन्। उनीहरु आफू मात्रै डराउँदैनन् कि परेको बेलामा झनै अरुलाई समेत रोक्ने कोशिस गर्दछन्। यो महिलाहरुको पाँचौं अवगुण हो।
 
६. अविवेकी वा मुर्खता 
महिलाहरुमा कहिलेकाहीँ अविवेकीपन आउँछ। उनीहरु अरुको राम्रो सुन्न सक्दैनन् र आफ्नो नराम्रो पनि खप्न सक्दैनन्। अनि उनीहरुको मुर्खतापूर्ण व्यवहार सुरु भईहाल्छ। यसरी अविवेकी र मूर्खता पनि महिलाहरुको छैटौं अवगुण हो। 
 
७. झुट बोल्नु 
झट्ट हेर्दा महिलाहरु सत्यबोल्ने तथा पुरुषहरु झुट बोल्छन् भन्ने हुन्छ। तर रावणका अनुसार बाहिर जति सत्य देखिन्छ महिलाहरु भित्र त्यस्तै झुट बोल्ने गर्दछन्। यो पनि उनीहरुको अवगुण हो। 
 
सम्पादक : प्रस्तुत सामग्रीहरु धर्मशास्त्रमा उल्लेख गरिएको विषयलार्इ जस्ताको त्यस्तै प्रस्तुत मात्रै गरिएकाले कुनै जातिलार्इ होच्याउने र मानमर्दन गर्ने प्रयोजनकाो लागि उल्लेख नगरिएको व्यहोरा अवगत गरार्इन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ