arrow

निर्वाचनपछि राजनीतिक संघर्ष समाप्त हुनेछ : अध्यक्ष ओली

logo
प्रकाशित २०७४ असोज १४ शनिबार
Kp-oli-speaking-11017716.jpeg

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय स्वाभिमान, शान्ति र लोकतन्त्रको दिशामा मुलुकलाई अगाडि बढाउन बडा दशैंबाट सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन्। वडादशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा मंगलमय शुभकामना व्यक्त गर्दै उनले जननिर्वाचित संविधानसभाबाट जारी संविधानको प्रभावकारी कार्यान्वयनको दिशामा मुलुक अगाडि बढेको र हालै सम्पन्न स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो साबित भएको बताए।

‘स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि गाउँ र नगरको विकास र समृद्धिको ढोका पनि खोलेको छ, जननिर्वाचित प्रतिनिधिहरुले संविधानले स्थानीय तहलाई प्रदान गरेको अधिकारको सही ढंगले प्रयोग गर्न सकेमा मुलुकको आर्थिक विकास र समृद्धि सुनिश्चित छ,’ अध्यक्ष ओलीले.सन्देशमा भने — ‘स्थानीय तहको निर्वाचनले आधारभूत तहमा लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गरेको छ, प्राकृतिक र सांस्कृतिक विविधताको धनी हाम्रो मुलुकमा विकासको प्रचुर सम्भावना छ। हामी बीचको एकता, राष्ट्रिय स्वाभिमान र दूरदर्शी नेतृत्वको मात्र खाँचो छ। ’

अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गते प्रदेश सभा र संघीय संसदको निर्वाचन सम्पन्न भएपछि राजनीतिक संघर्ष मूलतः समाप्त हुने र आर्थिक विकासको चरणमा प्रवेश गर्ने बताउँदै ती निर्वाचनमा मुलुकलाई दु्रतत्तर विकासको मार्गमा अगाडि बढाउन सक्ने, राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानको पक्षमा प्रष्टसँग उभिनसक्ने तथा मुलुकलाई स्थिर र समृद्ध बनाउन सक्ने इमान्दार र स्वच्छ जनप्रतिनिधिलाई चुन्न आग्रह गरे। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ