arrow

 प्रदेश ५ को राजधानी अर्घाखाँची हुनुपर्छ : माओवादी नेता रायमाझी

logo
प्रकाशित २०७४ असोज १४ शनिबार
top-Bdr.jpeg

अर्घाखाँची। माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशको राजधानी अर्घाखाँचीको जलुकेमा हुनुपर्ने बताएका छन्। उनले राप्ती नदीको किनारमा रहेको जलुकेको लामाताल ५ नम्बर प्रदेशको माझ पर्ने भएकाले आफू त्यसमा लागिरहेको बताए। सामुदायिक रेडियो देउराली १०१ मेगाहर्जको कार्यक्रम दशैँ विशेष कार्यक्रमा बोल्दै नेता रायमाझीले कसैले बुटवल र कसैले दाङ हुनुपर्छ भन्ने धारणा दिएका छन्, बुटवल र दाङको विकल्पमा लामातालको विकल्प नभएको बताएका छन्।

नेता रायमाझी आफू प्रतिनिभिसभाको लागि उम्मेदवार बन्ने पनि घोषणा गरे। यस्तै नेपाली काँग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेश सभाको लागि उम्मेदवार बन्ने घोषणा गरे। एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले संघ अथवा प्रदेशमध्ये १ मा उम्मेदवार बन्ने जानकारी दिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ