arrow

मुम्बईको रेल स्टेशनमा भएको भागदौडमा मृत्युहुने २२ पुगे

logo
प्रकाशित २०७४ असोज १४ शनिबार
mumbai-stampede.jpg

मुम्बई। भारतको आर्थिक राजनीतिका रुपमा परिचित मुम्बई सहरमा शुक्रबार बिहान भएको भागदौडमा परी मृत्यु हुने व्यक्तिको संख्या २२ पुगेको छ। शुक्रबार बिहान अकस्मात भागदौड मच्चिएपछि त्यसमा परी २२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ। त्यस दुर्घटनामा पररे घाइते भएका दर्जनौँ व्यक्तिको उपचार जारी रहेको छ।

उक्त भागदौडपछि भीडमा च्यापिएर र भाग्ने क्रममा भूइँमा लड्दा अर्काले किचेर ज्यान गएको बताइएको छ। यसरी मृत्यु हुने व्यक्तिको संख्या यसअघि १५ रहेको थियो। तर उपचाररतमध्येका अरु सात जनाको अपरान्ह मृत्यु भएको चिकित्सकले जानकारी दिएका छन्।

मुम्बई सहर नजिकैको स्थानीय रेल स्टेशनमा रेल कुरेर बसेका व्यक्तिहरुमा एक्ककासी भागदौड सुरु भएको थियो। मुम्बईको मूल बजार नजिकैको लोवर प्यारेल र एल्फिन स्टोन स्टेशनमा सो भागदौड मच्चिएको हो। शुक्रबार बिहान करिब १०: ४५ बजे सो भागदौड मच्चिएको थियो।

बिहान अकस्मात भारी बर्षा भएपछि सो रेल स्टेशनमा रहेका व्यक्ति ओतलाग्न आकासे पुलको सहारा लिन पुगेका र त्यसै समयमा पुल भाँचिन लागेको हल्ला चलेपछि उनीहरु भागाभाग गरेका थिए।

यसरी भाग्ने क्रममा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ। त्यस क्रममा भूईँमा लडेका व्यक्तिमाथि एकले अर्कालाई कुल्चिएका थिए। सो क्रममा अहिलेसम्म २२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

भारतीय रेल सेवाका अधिकारी अनिल सक्सेनाले सो दुर्घटनाको कारण बारेमा अनुसन्धान गरिने जानकारी दिएका छन्। सो भागदौडको बारेमा अनुसन्धान गर्न सरकारले आदेश दिएको जानकारी उनले दिए। भारतीय राष्ट्रपति रामनाथ कोभिन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। रासस-सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ