arrow

टर्कीमा ११७ सैनिकलाई पक्राउ वारेन्ट जारी

logo
प्रकाशित २०७४ असोज १४ शनिबार
turkey-177-soldiers-failed-coup.jpg

इस्तानबुल। टर्कीको एक अदालतले ११७ जना सैनिक अधिकारीलाई पक्राउ वारेन्ट जारी गरेको छ। गत वर्ष भएको असफल ‘कू’ मा सम्बन्धित रहेको आरोपमा ती ११७ जना सैनिक अधिकारीलाई सो वारेन्ट जारी गरिएको बताइएको छ। टर्कीको ४५ वटा प्रान्तमा एकसाथ जारी गरेको कारबाहीका क्रममा सो वारेन्ट जारी गरिएको टर्की प्रहरीले जानकारी दिएको छ।

टर्की सरकारले असफल सैनिक विद्रोह गराउन इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी संगठन (एफइटिओ) को संलग्नता रहेका आरोप लगाउँदै आएको छ। अमेरिकामा स्वघोषित निर्वासनमा रहेका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरिएको थियो। सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा सलग्न रहेको बताइरहँदा गुलेन र उनीसम्बद्ध धार्मिक संगठनहरूले उक्त असफल ‘कू’ प्रयासमा आफूहरूको कुनै संलग्नता नरहेको जनाउँदै आएका छन्।

गुलेन र उनका समर्थकले आफूहरू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दाबी गर्दै आएका छन्। टर्कीमा सन् १०१६ को जुलाई १५ मा भएको एक असफल सैनिक ‘कू’ का क्रममा करिब २५० व्यक्तिको मृत्यु भएको थियो। गत वर्ष भएको असफल कूको आरोपमा ५० हजारभन्दा बढी व्यक्तिलाई जेल सजाय भएको छ भने एक लाख ५० हजारभन्दा बढी व्यक्तिलाई आफ्नो पदबाट बर्खास्त गरिएको थियो।  रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ