arrow

आइएसद्धारा ७३ सिरियाली सैनिक र सरकार समर्थक लडाकूको हत्या

logo
प्रकाशित २०७४ असोज १४ शनिबार
syria-crisis.jpg

दमास्कस। सिरियामा गएको २४ घन्टायता यहाँको एक बजार इलाकामा भएका झडपहरुमा परी कम्तीमा ७३ जना सिरियाली सैनिक र सरकार समर्थक लडाकूको ज्यान गएको समाचार छ। आइएसले उनीहरुको हत्या गरेका हुन्। सिरियाली सेना र सरकार समर्थक लडाकूहरुले आइएसका विरुद्ध कारबाही गरेका थिए।

होम्स प्रान्त र मरुभूमि क्षेत्र मानिने दार ए जोरमा आइएसमाथि सो कारबाही गरिएको थियो। तर पनि कारबाहीका क्रममा आइएसले नै सरकारी सेनाको हत्या गरेका थिए। ती क्षेत्रका सहरी इलाका कब्जा गर्ने योजनाका साथ आइएसका लडाकू आएका थिए। सोही कारण सेना र उसको सहयोगी दलले आइएसमाथि कारबाही थालेको थियो।

सो कारबाहीका क्रममा ठूलो संख्यामा आइएस लडाकू पनि मारिएका जनाइएको छ। तर उनीहरु के कति मारिएका छन् भन्ने बारेमा केही खुलेको छैन। उक्त सहरी इलाका बिहीबार कब्जा गर्न खोज्दा सो भिडन्त भएको थियो। तर उनीहरुले कब्जा गरेको उक्त इलाका शुक्रबार भने सेनाले फिर्ता लिएको छ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सो जानकारी दिएको हो। उक्त अधिकारवादी संस्थाका अनुसार शुक्रबार पनि ती सहरी इलाकाहरुमा कारबाही जारी रहेको थियो।  रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ