arrow

प्रधानमन्त्री देउवालाई गुरुबाट टीका प्रदान

logo
प्रकाशित २०७४ असोज १४ शनिबार
deuba-ganeshmanko-batoma.jpeg

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँका अवसरमा आज आफ्ना गुरु विनोद सापकोटाबाट टीका ग्रहण गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेर ५५ मिनेटको शुभसाइतमा गुरु सापकोटाको हातबाट उनले टीका ग्रहण गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री देउवाले आजै राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पनि टीका ग्रहण गर्नेछन्। दिउँसो २ बजे राष्ट्रपति भण्डारीको हातबाट टीका ग्रहण गरेपछि मात्र प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टीका नेता तथा कार्यकर्तालाई टीका लगाइदिने कार्यक्रम रहेको जनाएको छ।

प्रधानमन्त्रीको हातबाट सर्वसाधारणलाई टीका लगाउन ४ बजेपछिको समय तय गरिएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ