arrow

दाहाल र ओलीद्वारा टीका ग्रहण

logo
प्रकाशित २०७४ असोज १४ शनिबार
oli-dahal-bhet-baluwa-@@.jpg.jpeg

काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विजया दशमीको टीका ग्रहण गरेका छन्। त्यसपछि नेता ओलीले बेलुका ५ बजे मात्र आफ्ना पिताको हातबाट टीका ग्रहण गरे। उनले आफ्नी श्रीमती राधिका शाक्यलाई टीका लगाएसँगै आफन्तजन, पार्टीका नेता तथा कार्यकर्तालाई टीका लगाइदिनुभएको स्वकिय सचिव राजेश बज्राचार्यले जानकारी दिए।

त्यसैगरी, विजयादशमीको अवसरमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मपत्नी सीता दाहालका मामासँग टीका ग्रहण गरेको स्वकीय सचिव प्रकाश दाहालले  जानकारी दिए। त्यसपछि मात्रै पूर्वप्रधानमन्त्री दाहालले धर्मपत्नी सीता र छोरा बुहारीलाई टीका लगाएका थिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ