arrow

गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थलको काम तत्काल थाल्न काँग्रेसको माग 

logo
प्रकाशित २०७४ असोज १५ आइतबार
congress-rally-bimanstal.jpg

बुटबल । नेपाली काँग्रेसले भैरहवामा निर्माणाधीन गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा भइरहेको अन्योल हटाइ काम तत्काल थाल्न माग गरेको छ । 

नेपाली काँग्रेस रुपन्देहीले भैरहवामा दवाव मुलक कार्यक्रम गर्दै निर्माणमा भइरहेको अन्यौलता तत्काल हटाउन माग गरेको हो ।

काँग्रेसले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली मार्फत प्रधानमन्त्री, अर्धमन्त्री तथा नागरिक उड्डयन मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै बिमानस्थल निर्माणमा राजनीतिक हस्तक्षेप बन्द गरी देखिएका अन्य समस्याहरु तत्काल समाधान गरी काम सुचारु गर्न मागसमेत गरेको छ ।

काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले जग्गा अधिग्रहणदेखि निर्माण प्रक्रियामा देखिएका सबै समस्याको एकमुष्ठ समाधान गरिनुपर्ने समेत बताएका छन् ।  

अधिग्रहणमा परेका सबैलाई मुआब्जा दिन ढिलाई गर्न नहुने भन्दै उनले मुआब्जामा लगाईएको लाभ कर व्यवहारिक नभएको दावी गरे ।

स्वेच्छिक रुपमा नभई बाध्यकारी अवस्था आएकाले स्थानीयले बिमानस्थल निर्माणको लागि जग्गा दिएकाले उक्त जग्गाको मुआब्जा दिदा लाभ कर छुट गरिनु पर्ने नेता खाणको भनाइ छ । 

त्यस्तै मुआब्जा बितरणमा ढिलाई हुँदा अन्यत्र जग्गा महँगिदै गएकाले पुनस्र्थापन हुन कठिन हुने भन्दै उनले एकमुष्ठ रुपमा मुआब्जा दिनु पर्ने धारणा राखे ।

नेता खाँणले बिमानस्थलमा राजनीतिक हस्तक्षेप बन्द गरी भुक्तानी नपाएकाहरुलाई पनि भुक्तानी दिने ब्यवस्था मिलाईनु पर्ने बताए । 

रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले राष्ट्रिय गौरवको आयोजनालाई गौरवकै रुपमा मनन् गरी सबै पक्ष जिम्मेवार ढंगले काममा लाग्नु पर्ने बताए ।

काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणले निर्माणको क्रममा मुस्लिम धर्मावलम्वीहरुको कवरस्थान समेत अधिग्रहणमा परेकाले त्यसको व्यवस्थापन गर्न पनि माग गरे । 

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउनु पूर्व पार्टी कार्यालय, बैंकरोड, मिलनचोक हुँदै दवावमुलक र्‍याली निकालिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ