arrow

‘फाटेको जुत्ता’ को ट्रेलरले यूट्यूबमा कमाल देखाउँदै, रिलिज कार्तिक १७ मा 

logo
प्रकाशित २०७४ असोज १५ आइतबार
fateko_jutta.JPG

काठमाडौं । नेपाली चलचित्र  ‘फाटेको जुत्ता’ ले यूट्यूबमा तहल्का पिटेको छ । यो चलचित्रको ट्रेलर यूट्यूबमा ६ दिनमै चार लाख बढी भ्यूज भएको छ । 

ट्रेन्डिङको नेपाल संस्करणमा पहिलो नम्बरमा आउन सफल फाटेको जुत्तामा सौगात मल्ल र प्रियंका कार्की लगायतको अभिनय रहेको छ ।  
 

अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई निकेश खड्काले निर्देशन गरेका छन् ।
 
चलचित्रका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी तथा अष्ट महर्जनको द्वन्द्व रहेको छ ।

कार्तिक १७ गते नेपाली हलहरुमा प्रदर्शनमा आउने उक्त चलचित्रको ट्रेलर कमेडी छ । 

अर्थात् कमेडी जेनरमा बनेको यो चलचित्रले राम्रो व्यापार गर्ने दाबी निर्माण पक्षको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ