arrow

अस्पताल डाक्टरबिहिन भएपछि बिरामी मारमा

logo
प्रकाशित २०७४ असोज १५ आइतबार
hospital.png

गाइघाट । सुरक्षा निकाय प्रहरी, प्रशासन तथा अस्पतालका डाक्टर र कर्मचारीले पनि प्रत्येक वर्ष नेपालीको महान चाड बडादसैं मनाउने गर्दै आएका छन् । 

यस्ता संवेदनशील क्षेत्रका महत्वपूर्ण व्यक्तिले दसैंजस्ता महान् चाड मनाउँदा शान्ति सुरक्षालाई असर नपुग्ने र बिरामीलाई पनि असर नपुग्नेगरी चाडबाड मनाउनु पर्ने र विदामा बस्नु पर्ने प्रावधान रहेको छ । 

तर उदयपुरको सदरमुकाम बोक्सेमा रहेको जिल्ला अस्पतालका अधिकांश डाक्टर दसैं आउन एक हप्ता अगाडि नै घरतिर हिडेपछि अहिले जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि आउने बिरामी भने मारमा पर्न थालेको सेवाग्राही तथा स्थानीय जनताको गुनासो बढ्दै जान थालेको छ । 

अस्पतालका प्रमुख डा महेश खनालसहित प्रसूति विशेषज्ञ डा फडिन्द्र बडाल र अर्का डा अमिताभ ठाकुरसहितका डाक्टर दसैं आउन अगाडि नै घरतिर लागेपछि अहिले अस्पतालमा प्रसूति सेवाका लागि आउने बिरामीले डाक्टरको अभावमा उपचारको लागि दसौं हजार खर्च गरेर जिल्ला बाहिर जानु पर्ने बाध्यता आएको स्थानीय मोहन बस्नेतले बताए । 

बस्नेतका अनुसार आपूmले छिमेकी आफन्तलाई दसैंको समयमा प्रसूतिको उपचार गराउन अस्पताल लगेपछि अस्पतालमा कोही पनि डाक्टर नभएको र अहिले दसैं अवधिभरको लागि प्रसूति सेवा नै बन्द भएको अस्पतालका एक सहायक कर्मचारी बताउँछन् । 

यस्तै त्रियुगा नगरपालिका–१५ साउनेका अम्बर बहादुर मगरले आपूmले दसैंको अष्टमीमा घरको एक बिरामी प्रसूति गराउन जिल्ला अस्पताल ल्याएको तर अस्पतालमा डाक्टर नभएको कारण अन्यत्र लानु भनेपछि सिरहाको लाहानस्थित निजी अस्पतालमा लगेको गुनासो गरे । 

यस्तै अन्य रोगका बिरामी पनि अस्पतालमा डाक्टर नभएपछि उपचारको लागि महँगो खर्च गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको उपचारका लागि आउने बिरामीका आफन्त बताउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ