arrow

अष्ट्रेलियाले घुँडा टेक्दा भारत फेरि नम्बर एक टीम

logo
प्रकाशित २०७४ असोज १५ आइतबार
rohit.png

नागपुर । पाँचौं तथा अन्तिम एक दिवसिय क्रिकेटमा अष्ट्रेलियाले ७ विकेटको हार बेहोरेसंगै भारत पुनः विश्व नम्बर एक टीम बनेको छ । 

नागपुरमा आइतबार राति भएको खेलमा २४३ रनको लक्ष्य लिएर मैदानमा आएको भारतले ४२.५ ओभरमै ३ विकेट गुमाएर पुरा गर्न सफल भयो । 

रोहित शर्माले १०९ बलमा १२५ रन बनाए । अजिन्क्या रहानेले ६१ रन बनाए । विराट कोल्ही ३९ रनमा आउट भए । रोहित म्यान अफ द म्याच भए । 

यसअघि अष्ट्रेलियाले डेभिड वार्नरको ५३ रनको मद्दतमा ९ विकेटको नोक्सानीमा २४२ रन बनाएको थियो । 
अक्षर पटेलले ३८ रन दिएर ३ विकेट लिए । यो जितसंगै भारत पुनः एक नम्बर टिम बनेको हो । 

यसअघिको चौथो खेल हारेर भारत दोस्रो नम्बरमा झरेको थियो । पाँचौं खेल जितेर भारतले ५ खेलको श्रृंखला ४–१ ले जितेको छ ।

हार्दिक पाण्डेया म्यान अफ द सिरिज भए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ