arrow

स्पेनबाट छुट्टिन क्याटालान्समा जनमत संग्रह, झडपमा ८८८ घाइते

logo
प्रकाशित २०७४ असोज १६ सोमबार
spain-catalans.jpg

स्पेन। स्पेनबाट छुट्टिन क्याटालान्समा जनमत संग्रह भएको छ। उक्त जनमत संग्रह भइरहँदा कैयौँ स्थानमा प्रहरी र स्वतन्त्रता पक्षधरबीच हिंसात्मक झडप भएको छ । उक्त झडपमा परी ८८८ जना घाइते भएका छन्। क्याटलोनिया सरकारले स्पेनबाट छुट्टिनका लागि आइतवार गराएको जनमत संग्रहमा ४० प्रतिशत जनताले मत खसालेको जनाएको छ। खसेको मतमध्ये ९० प्रतिशत मत स्पेनबाट अलग्गिनुपर्ने पक्षमा रहेको सरकारको दाबी छ।

बार्सिलोनामा एउटा ठूलो भीडलाई सम्बोधन गर्दै क्षेत्रीय सरकार प्रमुख कारलस पूजमोनले क्याटलोनियाका जनताले स्वतन्त्र राष्ट्र बनाउने अधिकार प्राप्त गरेको बताए। तर स्पेनको केन्द्र सरकारले जनमत संग्रह अवैध भएको घोषणा गरेको छ। प्रधानमन्त्री मारिआनो राखोयले क्याटलोनियाका अधिकांश जनता स्वतन्त्र राष्ट्रको पक्षमा नरहेको बताएका छन्। झडप र हिंसात्मक घटनाका कारण बार्सिलोना र लस पल्मसबीचको फुटबल खेल्न एक जना दर्शक पनि जान पाएनन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ