arrow

नेपाल आगमनमा मोदीको ह्याट्रिक, कारण यस्तो 

logo
प्रकाशित २०७४ असोज १७ मंगलबार
modi-indian-pm-1.jpeg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायः निश्चित भएको छ ।

प्रधानमन्त्री भएलगत्तै उनी नेपाल आएका थिए । त्यसको तीन महिनापछि नै सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन मोदी २०७१ मंसिरमा काठमाडौं उत्रेका थिए ।

पहिलो भ्रमणका क्रममा उनले निकै चर्चा र प्रशंसा पाएका थिए । दोस्रो भ्रमण भने त्यस्तो हुन सकेन ।

संविधान जारी भएपछि भारतले एकतर्फी रूपमा नाकाबन्दी लगाएपछि नेपालमा मोदीको लोकप्रियता घटेन मात्र, भारतविरोधी भावनासमेत बढ्यो ।

बिस्तारै त्यो चाप कम हुँदै सम्बन्ध पुनः सुमधुर हुन लागेको समयमा मोदी पुनः नेपाल आउन लागेका हुन् ।

छिमेकसँगको सम्बन्धमा जोड दिने बताउँदै आएका मोदीले आफ्नो आन्तरिक लोकप्रियताका लागि पनि नेपाल सम्बन्धलाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने अवस्था रहेकाले सुधारका पक्षमा भारतीयहरू देखिएको अधिकारीहरू बताउँछन् ।

त्यसका लागि भारतीय सरकारी कम्पनी सतलजको लगानी रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास उपयुक्त अवसर बन्न सक्ने उनीहरूको बुझाइ छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ