arrow

रोल्पाका दलले उम्मेदवार टुंगो लगाए

logo
प्रकाशित २०७४ असोज १७ मंगलबार
3party.jpg

रोल्पा। दशैँ सकिएलगत्तै रोल्पाका राजनीतिक दलहरु आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा लागेका छन्। प्रदेशसभाका लागि अन्तिम टुंगो लगाउन बाँकी रहेपनि प्रतिनिधिसभाका लागि भने नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) रोल्पाले उम्मेदवारको टुंगो लगाएको बताएका छन्। आइतबार र सोमबार तीन दलले रोल्पामा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी केन्द्रीय प्रतिनिधिसभामा आ–आफ्ना दलको तर्फबाट उम्मेदवारी टुंग्याएको जानकारी दिएका हुन्।

नेपाल प्रेस युनियन, रोल्पाले सोमबार अपराह्न आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सिँचाइ राज्यमन्त्री अमरसिं पुनले नेपाली काँग्रेसले केन्द्रीय प्रतिनिधिसभाको उम्मेदवारका लागि मंगलबारको बैठकबाट अन्तिम टुंगो लगाउने बताए। यसैगरी, सोमबारै नेकपा (एमाले) रोल्पाको पार्टी कार्यालयमा प्रेस चौतारी नेपाल, रोल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले संसदीय दलका सचेतक गोकुलप्रसाद घर्तीले आफ्नो पार्टीको तर्फबाट केन्द्रीय प्रतिनिधिसभामा आफू उम्मेदवार हुने घुमाउरो जवाफ दिएका थिए।

उता प्रेस सेन्टर, रोल्पाले आइतबार लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले आफ्नो पार्टीको तर्फबाट केन्द्रीय प्रतिनिधिसभाका लागि आफू उम्मेदवार हुने घोषणा गरेका थिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ