arrow

कर कार्यालय तातेपछि रूपन्देहीमा बढे करदाता

logo
प्रकाशित २०७४ असोज १७ मंगलबार
ird-inland-tax-department.jpg

लुम्बिनी। विगतको तुलनामा भैरहवामा करदाता बढ्न थालेका छन् । व्यक्तिगत एवं व्यावसायिक संघ संस्थालाई करको दायरामा ल्याउन आन्तरिक राजस्व कार्यालयले विभिन्न अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएकामा यस वर्ष थपिएकासहित कूल करदाता संख्या ४४ हजार ८१९ पुगेको कार्यालयका प्रमुख कर अधिकृत महाराजा कोइरालाले जानकारी दिए। 

उनका अनुसार आम करदातामा कर बुझाउनु पर्छ भन्ने भावनाको विकास, कर शिक्षा, लगानीको वातावरण सहज, कर प्रणालीमा सुधार, प्रभावकारी अनुगमन, व्यक्तिगत र व्यावसायिक प्यान नम्बर लिने करदाता बृद्धिजस्ता कारणले करदाताको संख्या बढेको हो । 

आठ वर्षको तथ्यांक हेर्दा कार्यालयको क्षेत्रभित्र वर्षेनी करदाता बढिरहेका छन् । आर्थिक वर्ष २०६६÷०६७ मा व्यावसायिक तथा व्यक्तिगत आय करमा र मूल्य अभिवृद्धि करमा दर्ताका साथै अन्तशुल्कमा इजाजत लिनेको संख्या १८ हजार ३८३ थियो । यो संख्या बढेर ०६७÷०६८ मा २३ हजार १९१, ०६८÷०६९ मा २६ हजार १९७, ०६९÷०७० मा २९ हजार ३८२, ०७०÷०७१ मा ३३ हजार ८१९ पुगेको थियो । 

यस्तै आर्थिक वर्ष ०७१÷०७२ मा ३७ हजार ९२४, ०७२÷०७३ मा ४१ हजार ५४ र ०७३÷०७४ मा ४२ हजार ४८४ पुगेको कार्यालयले जनाएको छ । कार्यालयले आर्थिक अनुशासन कायम गराउँदै प्रभावकारी कर प्रशासनका लागि नियमित अनुगमनसमेत गरिरहेको जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ