arrow

ओली, प्रचण्ड र बाबुरामको अब एउटै पार्टी

logo
प्रकाशित २०७४ असोज १७ मंगलबार
neta_.jpg

काठमाडौं । प्रमुख विपक्षी एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिमा नयाँ शक्ति पार्टी समेत मिसिएको छ ।

राष्ट्रिय सभागृहमा भएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालका साथ एकै मञ्चमा देखिए ।  

आगामी मंसिरमा हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले कार्यगत एकता गर्दै पार्टी एकता प्रक्रियामा गएपछि नयाँ शक्ति पनि मिसिएको हो ।

काठमाडौंको राष्ट्रिय सभागृहमा एउटै एकिकृत पार्टी निर्माण गर्ने घोषणा गरिएको छ । माओवादी केन्द्रका नेता जनादर्शन शर्माले सहमतिपत्र प्रस्तुत गर्दै पार्टी एकता गर्ने घोषणा गरेका हुन् ।

यसअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका सन्दर्भमा ६ बुँदे सहमति भएको थियो । सहमतिपत्रमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहा र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ