arrow

मङ्सिरको चुनावमा १ करोड ५४ लाखले भोट हाल्न पाउने (जिल्लागत विवरण सहित)

logo
प्रकाशित २०७४ असोज १७ मंगलबार

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एक करोड ५४ लाख मतदाताले भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले मङ्सिर १० र २१ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिएको सातवटै प्रदेशको निर्वाचन क्षेत्रगत अन्तिम मतदाता संख्या स्वीकृत गरेको छ । साथै, स्वीकृत मतदाता नामावली आयोगको वेभसाइटमा प्रकाशन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

स्वीकृत मतदाता नामावली अनुसार, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कूल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७३१ कायम भएको छ । जसमा पुरुष मतदाताको संख्या ७७ लाख ७६ हजार ४९६, महिला ७६ लाख ५१ हजार ६५ र तेस्रो लिङ्गी मतदाता १७० जना रहेका छन् । आयोगको निर्णय अनुसार, डोल्पा जिल्ल्लाका काइके र छार्का ताङसोङ गाउँपालिकाका २४० मतदाताको स्पष्ट विवरण प्राविधिक कारणबश यकीन हुन नसकेकाले सम्बन्धित जिल्लाबाट त्यससम्बन्धी विवरण माग गरी प्राप्त भएपछि यकीन गरी मतदाता नामावलीमा समावेश गरिने छ ।

सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेको दिन अर्थात् २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताहरूको नाम उक्त मतदाता नामावलीमा समावेश गरिएको छ । मतदाता नामावली ऐन, २०७३ ले व्यवस्था गरेअनुसार निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने भएको हुँदा अब नयाँ नाम दर्ता नहुने र ठाउँसारी पनि नहुने व्यवस्था रहेको छ ।

स्वीकृत मतदाता नामावली अनुसार, प्रदेश १ मा २९ लाख ९३ हजार ६६९, प्रदेश २ मा २७ लाख ६७ हजार ३६९, प्रदेश ३ मा ३० लाख ७४ हजार ४१२, प्रदेश ४ मा १५ लाख ६८ हजार ८२९, प्रदेश ५ मा २७ लाख ४० हजार ८४८, प्रदेश ६ मा ८ लाख ४६ हजार ९३३ र प्रदेश ७ मा १४ लाख ३५ हजार ६७१ मतदाता रहेका छन् । देशका ७७ वटै जिल्लाका मतदाताहरूको संख्यात्मक विवरण यस प्रकार  रहेको छ ः


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ