arrow

चित्रबहादुरले भने–एउटै चिन्तन भएकाहरुले किन छुट्टै चुल्हो बाल्नु त ?

एमाले–माओवादी–नयाँशक्तिको एकता अभ्यास

logo
प्रकाशित २०७४ असोज १७ मंगलबार
Chitra-bahadur-Kc.jpeg

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले, माओवादी र नयाँ शक्तिबीचको एकता प्रक्रियालाई आचर र चिन्तन मिल्नेहरुको मिलन भनेका छन् ।

उनले भने, ‘नीति, आचरण, चिन्तन र व्यवहार मिल्ने भए भएपछि किन छुट्टा–छुट्टै चुल्हो बाल्नु एकता गरेकै राम्रो नि ।’ हाँस्दै उनले थपे, ‘हेर्नुस् हामीले त राम्रो भो भनेका छौँ । अझ काँग्रेस पनि मिसिनु पर्ने थियो ।’

उनले यी दलहरु छुट्टिएर बस्दा यिनीहरुको बीचमा के भन्नता छ भन्ने जनताले बुझ्न सकेका थिएनन्, जनतालाई भ्रम छर्न किन छुट्टा–छुट्टै बस्नु,–भनेका छन् ।

अहिले एकता हुनेले एनजिओ चलाएकै छन्, उनले भने, ‘एनजिओ चलाएकै छन् । व्यवसाय गरेकै छन् । यिनको चरित्र के फरक छ र ? किन छुट्टै कसौडी बसाउनु । एउटैमा पकाएर खाए भइहाल्यो नि ।’ आफुहरुले गणतन्त्रपक्षधरसँग चुनावी तालमेलसम्म मात्रै सोचेको र त्यो भन्दा माथि नसोच्ने उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ