arrow

काँग्रेस सभापतिलाई खुला पत्र

logo
यदुराम सापकोटा,
प्रकाशित २०७४ असोज १८ बुधबार
sher-bahadur-deuba-new-fnl.jpg.jpeg

जापान। यती बेला सत्तासाझेदार माओबादीले साथ छाडेर बाम मोर्चा बनाउदै गर्दा आत्तिनु भएको होला। तपाईलाई हल्का प्रेसर हाई पनि भएकोले अचानक यस्तो धुर्विकरणले मन बेचैन पनि पक्कै भएको होला। तर आत्तिनु पर्दैन। यसरी आत्तिएर अराष्ट्रीय तत्व र बिखण्डनकारीहरुसँग एकता गर्छु भनेर पनि नथाल्नुहोला। जसरी हिजो कार्यकर्ताको चाहाना बिपरीत माओबादीसँग तालमेल गर्नुभएको थियो त्यसो फ्याट्टै नगर्नुहोला। मधेसमा भएका केही दल आफै काँग्रेसको साथमामा आउँछन् फकाउन जानै पर्दैन। त्यसैले यो तालमेल भन्ने चिज गर्न हतार नगर्नुहोला। 

किसुनजीले २०४७ सालमा सबै कम्युनिष्ट मिलेर काँग्रेससँग चुनाब लड्न आउ भनेको अहिले चरितार्थ हुँदै छ उनीहरु त्यो ठाउँमा पुगेका छन्। यो देशलाई आवश्यक थियो। यो बाममोर्चासँग काँग्रेस तर्सन पर्दैन। काँग्रेस एक्लैले बहुमत ल्याउन सक्षम छ,काँग्रेसको पक्षमा जनमत छ। तर बहुमत ल्याउन अब केही सतर्क हुनै पर्छ। पार्टी भित्र मौलाएको गुटबन्दी अब सबै तहका नेताबाट अन्त्य गर्नु जरुरी छ। अनि अब प्रतिनिधी सभा र प्रदेश सभाको चुनाबमा अब गुट र नोटका उमेदवार हैन जनतामा लोकप्रिय नेताहरुलाई टिकट दिने निर्णय गरिहाल्नुस। ७ ओटा प्रदेसमा चर्चीत लोकप्रिय युवानेताहरु ,गगन थापा ,बिश्वप्रकास शर्मा ,धनराज गुरुङ,चन्द्र भण्डारी, रमेश लेखक, प्रदीप पौडेल लगायतका नेतालाई मुख्यमन्त्रीको उमेदवार घोषणा गर्न कती ढिला नगर्नुस। तपाई ३ पटक प्रधानमन्त्री भैसकेको मान्छे अब अर्को पटक प्रधानमन्त्री बन्ने महत्वकाङ्क्षा पाल्दै नपाल्नुहोला। 

सभापतिज्यू, 
केपी वली र प्रचन्डका चर्का भाषण र उखान टुक्काबाट बिरक्तीएका कम्युनिस्ट पार्टीका कार्यकर्ता पनि आफ्नो भाग्यलाई दोष दिने अवस्थामा पुगिसकेका रामचन्द्र पौडेल आए केही गर्थे कि भन्ने झिनो आशा पालेर बसेका छन्। त्यसैले अब चुनाब पछाडी रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउने घोषणा गरेर चुनाबी तयारीमा लाग्नुस। एमाले माओबादी र नयाँशक्तीको एकताबाट असन्तुष्ट भएका जनतालाई बिबेकशील साझा पार्टी र साना पार्टी तिर फैलीन नपाउदै काँग्रेसमा भित्राउने र आगामी चुनाबमा बहुमत ल्याउने रणनीतिमा अब लागिहाल्नुस। 

फेरी पनि पार्टी भित्रै ४०/६० को गुटका आधारमा टिकट बाढ्ने, लोकप्रिय नेताहरुलाई उमेदवार नबनाउने अनि आफैले प्रधानमन्त्री को लोभ गर्नु भयो भने कम्युनिष्टहरुको खहरेभेल ले २/४ बर्ष बढार्न बेर लाग्दैन। खहरे भेल सुक्न त केही समयमा सुक्छ त्यही पनि देशको समृध्दी अभियान फेरी ५ बर्ष पछाडी धकेलिन दिनु हुँदैन। चुनाबमा हारिएला की भनेर चुनाब नगराउनेतिर सोच्नै हुदैन। एमाले माओबादी सत्ता फेरेर चुनाब नगराउने रणनीतिमा एकता गरेका रहेछन भने आफै बढारिन्छन। त्यसैले संयमतापूर्वक बिबेक पुराएर नआतीकन निर्वाचनको तयारीमा लाग्नुस। काँग्रेस एक्लैले बहुमत ल्याउन सक्षम छ। जय नेपाल।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ