arrow

ताजकिस्तानविरुद्वको चौथो खेलका लागि नेपाली फुटबल टोली घोषणा

अग्रपंक्तिमा को–को परे ?

logo
प्रकाशित २०७४ असोज १८ बुधबार
football-team.JPG.jpeg

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले एएफसी एशियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्वको चौथो खेलको लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ ।

यही असोज २४ गते ताजकिस्तानमा हुने फुटबलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । एलन न्यौपाने, बिकेश कुथू र किरणकुमार लिम्बू, गोल रक्षक छन् ।

यस्तै, रक्षकमा देवेन्द्र तामाङ, बिराज महर्जन, अनन्त तामाङ, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ, राजेन्द्र रावल र दिनेश राजवंशी छन् ।

‘मध्यपंक्तिमा भरत खवास, सुनिल बाल, विशाल लाई, हेमन्त थापामगर र सुजल श्रेष्ठ रहँदा अग्रपंक्तिमा विमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, नवयुग श्रेष्ठ र अञ्जन विष्ट रहेका छन् ।
गएको भदौ २० गते एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपालले घरेलु मैदानमै ताजिकिस्तानसँग २–१ गोलअन्तरको हार व्यहोरेको थियो ।

त्यसैगरी फिलिपिन्सको मनिलामा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो, भने काठमाडौँमा भएको दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेलेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ